Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु : देउवा


0
Shares

प्रधानमन्त्री देउवाले भने–‘मसित त तपाइँहरु झगडा गर्नेदेखि आफ्नो हक–अधिकारका लागि बोल्न सक्नुहुन्छ ।’

डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उनले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणासमेत राखे ।

‘मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु’–देउवाले भने–‘डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ । यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु ।’

डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै उनले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताए ।

‘सडक सञ्जाल विस्तार भएपनि कच्ची भएकाले धुलो–धुवाँ धेरै भयो’–उनले भने–‘अब सबै सडकहरु कालोपत्र गर्छु ।’

उनले पञ्चेश्वर परियोजना चाँडै सुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिए ।

‘पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ’–उनले भने–‘डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।’

‘म कसैकाविरुद्ध यहाँ बोल्न आएको होइन’–देउवाले भने ।

त्यसैगरी, उनले जोगबुढा भएर भारत जान महाकाली नदीमाथि पुल निर्माण गर्ने बताउँदै सो पुल निर्माणका विषयमा भारतसित सहमति भइसकेको जानकारी दिए ।

त्यसका साथै उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजकारुपमा विस्तार गर्ने वचनबद्धता पनि प्रकट गरे ।

उनले वाम गठबन्धनलाई ‘प्रजातन्त्रविरोधी’ भएको आरोप लगाउँदै कम्युनिस्ट शासन त्रासपूर्ण हुने बताए ।

‘राणा शासन हटाएर प्रजातन्त्र ल्याउनदेखि ज्ञानेन्द्रलाई हटाएर लोकतन्त्र स्थापना गर्नसम्म कांग्रेसको भूमिका रह्यो’–उनले भने । रासस