बिहीबार बागलुङको गल्कोट नगरपालिकामा वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने निश्चित भएको हुँदा अबको ५ वर्ष स्थायी सरकार बन्ने जिकिर गरे ।
उनले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको र चुनावपछि एउटै पार्टी बन्ने पनि बताए ।
उनले राष्ट्रिय जनमोर्चालाईसमेत वाम गठबन्धमा आउन आग्रह गरे ।
ओलीले चुनावीसभामा सँगै रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीप्रति लक्षित गर्दै भने–‘रातो कार्पेट बिछ्याएर स्वागत गर्नेछौं ।’
सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनको बलियो आधार बनिसकेकाले अब नेपाली कांग्रेसका दिन गएको बताए ।
उनले अब कम्युष्टिहरुको बलियो सरकार बन्ने दाबी पनि गरे ।
वाम गठबन्धनको एकता प्रयास २०४६ सालबाट भएपनि विभिन्न कारणले पूरा हुन नसकेको भन्दै दाहालले अहिले आएर सफल हुन लागेको बताए ।
‘अब मुलुक बनाउने सुनौलो अवसर आएको छ’–दाहालले भने–‘हामीहरु एक हुनुको विकल्प छैन ।’
यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको समृद्धिका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्