Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


आगामी निर्वाचन ‘जनमतसंग्रह’समेत : विक्रम पाण्डे


0
Shares

बिहीबार पश्चिम चितवनको गीतानगरमा नेपाल भूपू सैनिक संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘देशलाई लोकतान्त्रिक बाटोमा लैजाने कि साम्यवादी बाटोमा लैजाने भन्ने फैसला यो निर्वाचनले गर्ने’ बताए ।

चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री पाण्डेले संविधानको रक्षा गर्न चुनौतीपूर्ण रहेको बताउँदै यो निर्वाचन लोकतन्त्रवादी आमजनसमुदायको परीक्षासमेत भएको धारणा व्यक्त गरे ।

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डे चितवन क्षेत्र नम्बर–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धामा छन् । रासस