Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सेयर बजार पुनः ओरालोतर्फ


0
Shares

यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से १५ अंकले ओरालो लागेर १४ सय ९० मा आइपुग्यो ।

कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च ७० अंक बराबरको गिरावट आयो । होटल समूह पनि ५२ अंकले झर्‍यो । विकास बैंक समूह २६ अंकले र जलविद्युत् समूह पनि २४ अंकले ओर्लिए । वाणिज्य बैंक र लघुवित्त समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ९ लाख ४४ हजार कित्ता सेयर ४५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।