सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प १०३० नम्बरको चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल काठमाडौं २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ । (रासस)








प्रतिक्रिया दिनुहोस्