
स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम शुक्रबार जुम्लामा गरिएको छ ।
पुनर्जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदीप आलेले विश्वमा ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको जानकारी दिए ।
सन् २०११ को तथ्यांकअनुसार नेपालमा ६० प्रतिशत मानिसको मृत्युका कारण नसर्ने रोग देखिएको छ । ३० प्रतिशतको सर्ने रोग, सुत्केरी अवस्था, मातृस्वास्थ्य र पोषणको अभावका कारण मृत्यु हुने गरेको छ भने १० प्रतिशतको मृत्युका कारण दुर्घटना भएको छ’, उनले भने । त्यसको रोकथामका लागि सरकारले मुलुकका ३० जिल्लामा ‘पेन प्याकेज’ कार्यक्रम लागू गरेको पनि उनले जानकारी दिए ।
डा.राजु गुरुङले नसर्ने रोगका प्रमुख कारण धूमपान, मद्यपान, निष्क्रिय जीवन र अस्वस्थ खाना भएको उल्लेख गर्दै यिनको सेवनबाट मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह र क्यान्सरजस्ता डरलाग्दा नसर्ने रोग लागेर मान्छेको अकालमा ज्यान जाने गरेको बताए ।
उनका अनुसार नेपालको कूल मृत्युदरमध्ये ६० प्रतिशतको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्