शुक्रबार राजधानीमा मिडिया सन्चालक तथा सम्पादकहरुसँगको छलफलमा उनले अहिले आतंककारी क्रियाकलाप भइरहेको तर त्यसमा सरकार गम्भीर नभएको आरोप लगाए ।
सरकारले अहिले प्रतिपक्षसँग कुनैपनि किसिमको संवाद र सरसल्लाह नरहेको र मनमौजी तरिकाले अघि बढिरहेको भन्दै उनले चुनाव गराउनमासमेत गम्भीर नदेखिएको आरोप लगाए ।
उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले विपक्षीहरुविरुद्ध जथाभावी बोलेको भन्दै ओलीले थापालाई सम्हालिएर बोल्नसमेत चेतावनी दिए ।
प्रा. डा. गोविन्द केसीप्रति लक्षित गर्दै उनले ‘एउटा कर्मचारी भएर आफ्नो हैसियतमा बस्नुपर्ने’ भन्दै राजनीति गर्ने मन भए राजनीतिमै आउन आग्रह गरे ।
‘एउटा कर्मचारीले राष्ट्रपतिलाई नै लल्कार्नु, थर्काउनु गलत’ भन्दै सोही आधारमा एमालेलाई बदनाम गर्न खोजेको आरोपसमेत उनले लगाए ।
छलफलकाक्रममा ओलीले वाम गठबन्धनले बहुमत ल्याउने दाबीसमेत गरे ।





प्रतिक्रिया दिनुहोस्