३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘सबै नेपालीको घरमा स्वास्थ्यको पहुँच पुर्‍याउन दलहरु नै बाधक’


0
Shares

क्रिटिकल केयर नर्स एसोसिएसनले आज राजधानीमा गरेको कार्यक्रममा प्रा.डा. केसीले स्वास्थ्य सेवाको पहुँच सबै नेपालीको घरमा पुर्‍याउने काममा राजनीतिक दलहरु नै बाधक बनेको टिप्पणी गरेका छन् ।

उनले राजनीतिक अस्थिरताका कारण चिकित्सा क्षेत्र प्रभावित हुनु लज्जाको विषय भएको भन्दै दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सुझाव दिए ।

प्रा.डा.केसीले गुणस्तरीय स्वास्थ्य शिक्षाले नै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने भएकाले यसका लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा देशका विभिन्न अस्पतालमा काम गरिरहेका नर्सहरु सहभागी थिए ।

कार्यक्रमका सहभागीहरुले आईसीसीयू र आईसीयूका बिरामीको स्वास्थ्य सेवा र हेरचाहका लागि नर्सको अहम् भूमिका हुने भएकाले नर्सिङ शिक्षालाई गुणस्तरीय र समयानुकूल बनाउनपर्नेमा जोड दिए ।