भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह • Image Khabar Image Khabar


भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह


Imagekhabar
१६ असार २०७५, शनिबार ००:०२

भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह

काठमाडौं, असार १६ । आज देशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र प्रमुख नदीहरुमा जलस्तर बढ्ने भएकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि आग्रह गरिएको छ ।

आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने भन्दै महाशाखाले निकालेको सूचनामा तटीय क्षेत्रका बासिन्दालार्य सतर्क रहन उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि आजै अर्को सूचना जारी गर्दै सतर्क रहन र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ ।

वाग्मती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागनलगायत आसपासका चुरे र महाभारतबाट बग्ने अरु नदीको बहाव खतराको तहसम्म पुग्ने अनुमान पनि गरिएको छ ।

बाढी सतर्कता केन्द्रले नदी तटीय क्षेत्रमा गर्नुपर्ने काम भोलिदेखि सतर्कताका साथ गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

कन्काई, कोशी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाब बढ्दो क्रममा रहेको पनि उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्