शनिबार झापाको बिर्तामोडमा बिएन्डसी हस्पिटलले सुरु गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्तरुपमा उद्घाटन गर्दै उनले निर्वाचनमा तालमेलमात्रैले पनि विपक्षीहरु अत्तालिएका टिप्पणी गरे ।
उनले निर्वाचनपछि आफूहरुको सरकार बन्ने भन्दै सो सरकारले नेपाली विद्यार्थीलाई मेडिकल शिक्षाका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीहरुले क्रान्तिमात्र गर्ने नभइ देश विकासमा पनि अग्रणी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
उनले आफू प्रधानमन्त्री हुँदा मेडिकल कलेजलाई विस्तार गर्ने योजना बनाएपनि घेराबन्दीमा परेर पूर्वधार सम्पन्न केही मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नसकिएको बताए ।





प्रतिक्रिया दिनुहोस्