Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


नेपाललाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्रमा कम्युनिष्टहरु : देउवा


0
Shares

शनिबार नेपाली कांग्रेस बाजुराद्वारा सदरमुकाम मार्तडीमा आयोजित कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको मुक्तिका लागि आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्न मतदातालाई आह्वान गरे ।

नेपाललाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्रमा कम्युनिष्टहरु जुटेको उनको भनाइ थियो ।

लोकतन्त्रको संस्थागत विकासका लागि अबको पाँच वर्ष नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने देउवाले बताए ।

बाजुरामा अहिले दुईओटामात्र स्थानीय तह पिछडिएको सूचीमा रहेको भन्दै उनले यहाँका ९ ओटै तहलाई पिछडिएको सूचीमा राखेर अत्यावश्यक सहयोग गर्ने आश्वासन दिए ।