Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सेयर साप्ताहिकः नेप्से ११ अंकले सकारात्मक


0
Shares

सातामा सुरुका तीन दिन उकालो लागेको बजार पछिल्ला दुई दिन ओरालो लाग्दा पनि नेप्से सकारात्मक नै रहन पुग्यो ।

नेप्से साताको पहिलो दिनको तुलानामा अन्तिम दिन ११ अंकले सकारात्मक रही १४ सय ९० विन्दु कायम भएर थामिएको हो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीका ६८ लाख २७ हजार कित्ता सेयर २ अर्ब ९२ करोड रुपैयाँ बराबरमा कारोबार भयो ।

गत साता १ सय ७९ कम्पनीका ६० लाख ५९ हजार कित्ता सेयर २ अर्ब ५२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा १५ प्रतिशतले बढी हो ।

समूहगत उतार–चढावअन्तर्गत् यो साता बिमामा सबैभन्दा उच्च ४५ अंकको गिरावट आयो भने उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ७० अंकको वृद्धि आयो ।

यो साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा चिलिमेलाई प्रभु बैंक संस्थापक, गुराँस लाइफ इन्स्योरेन्स संस्थापक, स्ट्यान्डर्ड चार्टर्ड अनि नेपाल दूरसन्चार कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा सनराइज बैंक, कामना विकास बैंक अनि गुडविल फाइनान्सका हकप्रद सेयर सूचीकृत भएका छन् ।

यसैगरी, प्राइम लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीका बोनस सेयर अनि पाँचओटा विकास ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।