Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


हस्तकला मेलामा ‘उल्लेख्य सहभागिता’


0
Shares

शुक्रबारदेखि काठमाडौंको भृकुटीमन्डपमा जारी प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

दोसो दिन शनिबारमात्र करिब २५ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको एवं प्रत्यक्ष र परोक्ष गरी करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महासंघले जनाएको छ ।

हस्तकला मेला नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचार–प्रसार गर्न हरेक वर्ष गरिँदै आएको छ । यो मेलामा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी पनि भइरहेको छ ।

हाल नेपाली हस्तकलाका ५० भन्दा बढी थरिका सामग्री अमेरिका, युरोपियन मुलुक, फ्रान्स, बेलायत, नेदरल्यान्ड, जापान, चीन, भारतलगायत ८० ओटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ ।

स्वदेश तथा विदेशमा नेपाली हस्तकलाका सामग्री झन्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको महासंघले जनाएको छ ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती, ढाका, जडिबुटी, अर्थोडक्स, चिया, पस्मिना, हातेकागज, प्राकृतिक रेसा, बाँसजन्य सामानका ९ ओटा पभेलियनसहित २०० स्टल रहेका छन् ।