काठमाडौंको लाजिम्पाटस्थित निवासमा हृदयाघातपछि अचेत अवस्थामा नर्भिक अस्पतालमा भर्ना गरिएका प्रकाशको निधन भएको हो ।
उनलाई आज बिहान ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशको निधन बारे अस्पतालले केही समयमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने तयारी गरेको छ ।
झापाको बिर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कँदै छन् ।
परिवारका अन्य सदस्यहरु पनि अहिले अस्पतालमा पुग्ने क्रम जारी रहेको छ । अस्पतालमा परिवारका सदस्य र शुभचिन्तकहरुको भीड लागेको छ ।
प्रकाश पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालका एक मात्र छोरा हुन् । उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए ।
माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोराछोरी छन् ।
उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ ।
शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।





प्रतिक्रिया दिनुहोस्