श्रीमान र बच्चासँगै सुतिरहेका बेला आईतवार बिहान करिव साँढे ४ बजे तिर रामनगर गाउँपालिका– ४ बहुअर्बा टोल बस्ने ३० वर्षीया गिरिजा कुमारी साहलाई गोली लागेको हो ।
ढोका माथीको प्वालबाट साहका परिवार सुतिरहेको कोठामा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गिरिजा कुमारी बाहेक परिवारका अन्य सदस्य सकुसल रहेका छन् ।
बाँया छातीमा गोली लागेर गम्भीर भएकी महिलालाई सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।
महिला माथी गोली प्रहार हुनुको कारण भने खुल्न सकेको छैन् । गोली प्रहार गर्ने समूहको खोजी र घटनाको विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।
तीन दिन अघि मात्रै सदरमुकाम मलंगवाका एक व्यापारीमाथी सीमावर्ती बजारमा गोली प्रहार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्