नेपाल प्रेस युनियन डडेल्धुराले आज गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले उम्मेदवारमाथि गरिएका शृङ्खलाबद्ध आक्रमणका घटनाको निन्दा गर्दै मताधिकारबाट बञ्चित गराउन खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले हालसम्म उम्मेदवारहरुमाथि भएका बम आक्रमणमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको दाबी गरे ।
प्रधानमन्त्री दाहालले देशैभर सबै सुरक्षा संयन्त्र परिचालन गरिएको भन्दै निर्धक्क भएर निर्वाचनमा जुट्न अपील गरे ।
उनले भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै सञ्चारकर्मीले निर्वाचनको पक्षमा कलम चलाउनुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्