प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रकाशको निधनप्रति श्रद्धाञ्जली दिएका हुन् ।
उनले पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको भन्दै मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
त्यस्तै प्रकाशलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु नर्भिक अस्पताल पुगिरहेका छन् । अस्पताल परिसरमा शुभेच्छुकहरुको उस्तै भीड लागेको छ ।
यसैक्रममा माओवादी नेता गिरिराजमणि पोखरेल, रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा, एमाले नेता झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतका नेता नर्भिक पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस्