दाहालको पार्थिव शरिरलाई आज १ः३० बजे देखि माओवादी कार्यालय पेरिसडाँडामा राखिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
आफ्ना छोरा प्रकाशको निधनपछि झापाबाट काठमाडौं आइपुगेका प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
विहान ८ः३० बजे झापाबाट काठमाडौं फर्किएका प्रचण्ड लाजिम्पाट स्थित निवासबाट नर्भिक अस्पतालतर्फ गएका हुन् । पत्नी सीता, छोरी रेणुलगायत परिवारका सदस्यहरुलाई लिएर दाहाल अस्पताल गएका हुन् ।
मोरङको बिराटचोकमा आज हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं आएका हुन् ।
प्रकाश पत्नी विना मगर पनि कञ्चनपुरबाट फर्किएकी छन् भने दिदी रेणु दाहाल चितवनबाट काठमाडौं आएकी छन् ।
प्रचण्ड बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सातौँं तलामा रहेको हेलिकप्टरबाट काठमाडौं फर्किएका हुन् ।
अस्पतालले शनिबारदेखि आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनका लागि उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै शनिबारदेखि झापामा थिए ।
अस्पतालमा प्रकाशका आफन्त, शुभचिन्तकसहित विभिन्न राजनीतिक दलका नेताहरु पनि पुगेका थिए ।
प्रकाशको आज आकस्मिक निधन भएको हो । लाजिम्पाटस्थित निवासमा अचेत भएपछि उनलाई आज बिहान ४ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।
२०४१ असार १७ गते जन्मिएका प्रकाश पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालका एक मात्र छोरा हुन् ।
उनी दाहालको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।





प्रतिक्रिया दिनुहोस्