Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सन् २०२१ सम्म नेपालको बर्दिबाससम्म रेल ल्याउने भारतको लक्ष्य


0
Shares

भारतको बिहार राज्यमा पर्ने जयनगरबाट नेपालको जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर रेलवे लाइन पहिलो चरणमा निर्माण भइरहेको छ । यो रुटमा सन् २०१८ अक्टोबरसम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्य छ । बर्दिबाससम्म ६९ किलोमिटर रेलवे लाइन निर्माण सन् २०२१ मा पुरा गर्ने योजनाका साथ काम भइरहेको जनाइएको छ ।

इरकोन नामक निर्माण कम्पनीले यो रेलवे लाइन निर्माणको जिम्मा पाएको छ । सो कम्पनीका अनुसार सन् २०१९ सम्म कुर्थाबाट बिजलपुरासम्म रेल ट्र्याक निर्माण सम्पन्न भइसक्ने छ । सोही वर्षको मार्चदेखि जयनगर–बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिनेछ ।

बिजलपुरादेखि बर्दिबाससम्मको रेलवे लाइन भने सन् २०२१ सम्म पुरा हुने जनाइएको छ ।

जयनगरमा नेपाल जाने रेलका लागि अलग स्टेशन बनाइएको छ ।