नेपाल विद्युत प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि सुदूरपश्चिमवासी हर्षित भएका हुन् ।
बहुचर्चित र बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना संयुक्त लगानी गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेज कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएपछि आफ्नो क्षेत्रमा विकासका सम्भावना उजागर हुने स्थानीय बताउँछन् ।
प्रारम्भिक सम्झौता भएको १० महिनापछि संयुक्त लगानी गर्ने समझदारीपत्र अनुसार निर्माण प्रक्रिया सुरु गर्न दुवै पक्षबीच विगतमा भएको सम्झौतालाई कार्यान्वयन अगाडी बढाउन गरिएको निर्णयले सुदूरपश्चिमका सर्वसाधारणलाई उत्साहित बनाएको हो ।
तीन दशकभन्दा लामो समयदेखि चर्चाका रहँदै आएको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक काम नभएपछि स्थानीयले आशा मारिसकेको अवस्थामा परियोजनाबारे भएको सहमतिले नयाँ तरंग ल्याएको स्थानीय बताउँछन् ।
सामान्य विकास निर्माणको कामबाट समेत बञ्चित बन्दै आएका सुदूरपश्चिमका बासिन्दा आयोजना निर्माणपछि त्यस क्षेत्रको मुहार फेरिने विश्वास व्यक्त गर्दछन् । तर आयोजना प्रभावित क्षेत्र डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दालाई व्यवस्थापन गर्नु भने चुनौती रहेको स्थानीयको भनाइ छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्