५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक, २५३ जनाको नाम हट्यो


0
Shares

यसअघि दलहरुले बुझाएको सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनाको नाम हटाएर आयोगले अन्तिम सूची सार्वजनिक गरेको हो ।

आयोगले हिजो सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभातर्फ २ हजार २ सय ७३ र प्रदेशसभाका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम छन् ।

जस अनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम रहेका छन् ।

यसअघि दलहरुले गत असोज २९ गते पेश गरेको उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधि तथा प्रदेश सभाको लागि पेश भएका बन्दसूचीमा कायम  रहेका तथा हटाईएका उम्मेदवारहरुको संक्षिप्त जानकारी

मिति २०७४ कार्तिक १७ गते पेश भएको संशोधित बन्दसूची अनुसार कायम हुन आएका उम्मेदवारको संख्या ६०९४ थियो । बन्दसूचीमा संलग्न उम्मेदवार उपर उजुरी दिनको लागि मिति २०७४ कार्तक १८ देखि २४ गते सम्म समय तोकिएको थियो । सो मिति भित्र पर्न आएका उजुर बाजुर उपर कानुन अनुसार छानविन भई २५६ जना उम्मेदवारहरु अयोग्य ठहरिन आए जसमध्ये ३ जना उम्मेदवारले आफै आफ्नो उम्मेदवारी फिर्ता लिएको र  दावी विरोध तथा कानुन बमोजिम योग्यता नपुगेका उम्मेदवार २५३ को उम्मेदवारी रद्द भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५८३८ जना उम्मेदवारहरु मध्ये  समावेशी समूह अनुसार आदिवासी जनजाती समूहमा ७६७ जना पुरुष, ८८१ जना महिला र १ जना अन्य   गरि जम्मा १६४९(२८.२५%) जनाखस आर्य समूहमा ८४५ जना पुरुष र ९४७ जना महिला गरि जम्मा १७९२(३०.७०%) जना थारु समूहमा १५५ जना पुरुष र २४९ जना महिला गरि जम्मा ४०४(.९२%) जना, दलित समूहमा ३३६ जना पुरुष र ४५९ जना महिला गरि जम्मा ७९५(१३.६२%) जना मधेशी समूहमा ४३७ जना पुरुष र ५३५ जना महिला गरि जम्मा ९७२(१६.६५%) जना,  मुस्लिम समूहमा ८० जना पुरुष र १४६ जना महिला गरि जम्मा २२६(.८७%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधि सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ २२७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये १०४८ जना पुरुष उम्मेदवार १२२४ जना महिला उम्मेदवार र १ जना अन्‍य लिङ्गको उम्मेदवारी कायम भएको छ, जस अनुसार पुरुष ४६.११ प्रतिशत, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम हुन आउँछ । २२७३ जना उम्मेदवार मध्ये समावेशी समूहको आदिवासी जनजातीमा जम्मा ६५५(२८.८२%), खस आर्य समूहमा जम्मा ७०३(३०.९३%), थारु समूहमा जम्मा १५१(.६४%), दलित समूहमा जम्मा ३१५ (१३.८६%), मधेशी समूहमा जम्मा ३५५ (१५.६२%र मुस्लिम समूहमा जम्मा ९४ (.१४%) जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ प्रदेश नं १ देखि ७ सम्ममा १५७२ जना पुरुष र १९९३ जना महिला गरि जम्मा ३५६५ जनाको उम्मेदवारी कायम भएको छ, जस अनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी देखिन्छ । प्रदेश सभा सदस्य सामानुपातिक निर्वाचन प्रणाली तर्फ समावेशी समूह अनुसार प्रदेश सभा तर्फ आदिवासी जनजाती समूहमा ४४९ जना पुरुष र ५४५ जना महिला  गरि जम्मा ९९४(२७.८८%) जनाखस आर्य समूहमा ५०२ जना पुरुष र ५८७ जना महिला सहित जम्मा १०८९(३०.५५%) जना थारु समूहमा १०३ जना पुरुष र १५० जना महिला गरि जम्मा २५३(.१०%) जना, दलित समूहमा १९३ जना पुरुष र २८७ जना महिला गरि जम्मा ४८०(१३.४६%) जना मधेशी समूहमा २७७ जना पुरुष र ३४० जना महिला गरि जम्मा ६१७(१७.३१%) जना,  मुस्लिम समूहमा ४८ जना पुरुष र ८४ जना महिला गरि जम्मा १३२(.७०%) जनाको उम्मेदवारी कायम भएको छ ।