५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


कपिलबस्तुमा निर्बाचन प्रचार सामाग्री हटाइदैं, सिन्धुलीमा प्रचार तिब्र


0
Shares

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सुरु गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले राजनीतिक दलहरुलाई आ-आफ्ना प्रचार सामग्री हटाउन पटकपटक निर्देशन दिए पनि अटेरी गरेपछि निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी नै खटिएर त्यस्ता प्रचार सामग्री हटाउन थालेका हुन् ।

कपिलवस्तुका निर्वाचन अधिकृत लेखनाथ अर्यालले आचारसंहिता विपरित राखिएका होर्डिङ बोर्ड, तुल, ब्यानर तथा पोष्टर हटाउन थालिएको जानकारी दिए ।

यता,सिन्धुलीमा पनि दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने निर्वाचनको चहलपहल बढेको छ ।

सिन्धुलीका राजनीतिक दल र उम्मेदवारहरुले प्रचार अभियानलाई तिव्रता दिन थालेसँगै चहलपहल बढेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत आफ्नो पक्षमा पार्न बामगठबन्धन र लोकतान्त्रिक गठबनधनलगायत अन्य साना दलका उम्मेदवारले घरदैलो अभियानदेखि आमसभा, कार्यकर्ता भेला लगायतका कार्यक्रम शुरु गरेका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य चयनका लागि सिन्धुलीमा ३ लाख ६३ हजार ५२ मतदाता रहेका छन् ।