Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


वाम गठबन्धन मधेससहित पुरै देशका लागि घातक : उपेन्द्र यादव


0
Shares

झूठ बोलेर ठग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।

सप्तरीको निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँपालिका वड़ा नं. ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने, ‘वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओढेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।’

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरे । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको आरोप लगाउँदै यादवले भने, ‘मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।’

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी उनले गरे । त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई उनले अपीलसमेत गरे ।

सोही कार्यक्रममा छिन्नमस्ता गाऊँ पालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन् ।

मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

सप्तरीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।