
गएराति करिब २ बजे को१ज २१२३ नं. को ल्याण्डरोबर गाडीमा आगजनी भएको हो । आगजनीबाट सो जाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
चैनपुर निवासी आशिष शाक्यको गाडी चैनपुरको बसपार्क नजिकै पार्किङमा राखिएको अवस्थामा अज्ञात समूहले जलाएको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।
आगजनीबारे अनुसन्धान शुरु गरिएको उनले जनाए ।
आगजनीबारे कुनै समुहले अहिलेसम्म जिम्मा लिएको छैन । उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्