५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


एमाले तराई/मधेश विरोधी पार्टी होइन : अध्यक्ष ओली


0
Shares

विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।

अध्यक्ष ओलीले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज मोरङको गाठगाउँमा सञ्चालनमा आउने, काँकरभिट्टादेखि सुनसरीको कोशी पुलसम्मको ६ लेनको सडक विस्तार, जोगबनी– कटहरी रेलमार्गको निर्माण, विराटनगरको विमानस्थलको विस्तार र विराटनगरको चक्रपथ कालोपत्रे हुने जानकारी दिए ।

सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेलाई स्वागत समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्र मोरङका अध्यक्ष गोपी अछामीको सभापतित्वमा सम्पन्न भएको सो सभामा मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी र क्षेत्र नं ४ प्रदेश (२) का नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले अब बन्ने वाम गठबगन्धन सरकारले विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउने आश्वासन दिएका थिए । (रासस)