Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


देउवा र ओली पुगे प्रचण्ड निवास, प्रचण्ड भोली देखि नै चुनावी सभामा निस्किने


0
Shares

एक हप्ता लामो चुनावी भ्रमण सकेर काठमाडौं फर्किएका प्रधानमन्त्री देउवाले सीधै दाहाल निवास लाजिम्पाट पुगेर प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरे ।

दाहाल दम्पतीलाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि दाहाललाई भेटी समवेदना व्यक्त गरे ।

समवेदना व्यक्त गर्न ओली पत्नीका साथ दाहाल निवास पुगेका थिए ।

आकस्मिक हृदयाघातका कारण प्रकाश दाहालको आइतबार निधन भएको थियो ।

यसैबीच, अध्यक्ष दाहाल मंगलबार (भोलि)देखि नै चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् ।

उनी भोलि वाम गठबन्धनका तर्फबाट चितवनमा हुने चुनावीसभामा सहभागी हुने उनका भाइ नारायणप्रसाद दाहालले जानकारी दिए ।

७ गते काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम गरेपछि अध्यक्ष दाहाल नियमित चुनावी कार्यक्रममा सहभागी हुने पारिवारिक स्रोतले बताएको छ ।