३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘नेपालमा ९३ प्रतिशत घरमा शौचालय’


0
Shares

विश्व शौचालय दिवसको अवसरमा काठमाडौंमा गरिएको एक कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका प्रमुख प्रेमकृष्ण श्रेष्ठले शौचालय बनेपनि सबैले प्रयोग गर्नेमा भने शंकै रहेको बताए ।

सार्वजनिक शोचालय बनाउनका लागि धेरै माग आएपनि बनाउन नसकिएको पनि उनले बताए । उपत्यकामा सर्वसाधरणले सार्वजनिक शौचालयको प्रयोग निकै कम गर्ने भएकाले आवश्यक नरहेको उनको भनाइ छ ।

सार्वजनिक शौचालय बनाउन सरकारको मात्र मुख नताकी निजी क्षेत्र पनि संलग्न हुनुपर्नेमा सरोकारवालाहरुको जोड थियो ।