Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन


0
Shares

भक्तपुर, पुस १३ । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।

चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जानकारी दिइन् ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर…’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर…’, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर…’ जस्ता जीवन्त गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाकोसमेत उपचार भइरहेको थियो ।

उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । रासस