पक्राउ पर्नेमा आठराई गाउँपालिका–६ चुहानडाँडा घर भइ हाल म्याङलुङ बस्ने शशी ठटाल, फेदाप गाउँपालिका–१ सिम्लेका रामकृष्ण रिजाल र फेदाप गाउँपालिका–५ इसिवुका गौरीप्रसाद सापकोटा रहेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिस्कार गरेको चन्द नेतृत्वको नेकपाले मतदाता र उम्मेदवारहरुलाई पार्नसक्ने सम्भावित जोखिमलाई हेरेर सो समूहका कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बासुदेव यादवले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्