५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


मतपेटिकाको सुरक्षा र मतगणना ‘सीसीटीभीको निगरानीमा’


0
Shares

मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सीसीटीभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए ।

सोमबार लमजुङमा राजनीतिक दल तथा सन्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर र तर्साएर भन्दापनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गरे ।

जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसँगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका एआईजी कमलसिंह बमलगायतको टोली लमजुङ आएको थियो ।

सुरक्षा अधिकारीहरुले राजनीतिक दलहरुलाई रातिको समयमा कार्यक्रमहरु नगर्न सुझाव दिएका छन् ।