२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


विस्फोटक पदार्थसहित चारजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा पर्वत, पैयूँ–३ का दिवस भुसाल, तनहुँ, रिसिङ–२ का अरुण गिरी, माडी नगरपालिका–४ चितवनका रमेश श्रेष्ठ र माडी नगरपालिका–५ की टीका न्यौपाने रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी गराए ।

पक्राउ पर्नेमध्ये भुसाल र गिरीलाई भरतपुर महानगरपालिका–७ पिपलचोकबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट पाँच किलो विस्फोटक पदार्थ जिलेटिन र पड्काउन प्रयोग हुने विद्युतीय तार बरामद भएको छ ।

यस्तै, माडीबाट पक्राउ परेका श्रेष्ठ र न्यौपानेको साथबाट नेपाल कम्युनिष्ट पार्टीको दस्तावेज बरामद गरिएको प्रनाउ ढकालले जानकारी दिए ।

यसअघि, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसीसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस