Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कम्युनिष्ट एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछन् : पौडेल


0
Shares

नेपाली कांग्रेस राइनास नगरपालिकाद्वारा सोमबार लमजुङको धमिलीकुवामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई फेरि द्वन्द्वतर्फ लैजाने योजनाअनुसार वाम गठबन्धन गरिएको आरोप लगाए ।

‘बहुदलीय पद्धतिमा आएका कम्युनिष्ट फेरि एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछन्, यसलाई रोक्नका लागि भएपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ’–उनले भने ।

वाम एकता मुलुकमा अनिष्टको संकेत भएको उनको भनाइ थियो ।

नेता पौडेलले कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन हुन नपाउँदै यसलाई कम्युनिष्टहरुले भत्काउन खोजेको आरोप पनि लगाए ।

चुनावीसभामा कांग्रेसका लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार दिलबहादुर घर्ती, कांग्रेसका लमजुङ प्रदेशसभा ‘क’का उम्मेदवार गर्जबहादुर गुरुङलगायतले बोलेका थिए ।