२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


काठमाडौंबाट तीन किलो सुनसहित दुईजना पक्राउ


0
Shares

सुरक्षा चेकजाँचकाक्रममा महाराजगन्जका मोहन महर्जन र जडिबुटीका आयुष बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनका चारओटा बिस्कुट र चारओटा बाला लिएर हिँडिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जनाइएको छ ।

सोही सुनसँग सम्बन्धित अरु दुईजनालाई पनि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।