Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


प्रदेश नम्बर ३ मा चुनावी रौनक: चर्चित नेताको भिडन्तले प्रतिस्पर्धा रोचक (भिडियो)


0
Shares

देशकै प्रमुख प्रशासनिक केन्द्र काठमाडौंदेखि विश्वसम्पदामा सूचीकृत विभिन्न सांस्कृतिक सम्पदाले भरिपूर्ण प्रदेश नम्बर ३ मा चुनावी माहोल ह्वात्तै बढेको छ ।

पर्यटन, कृषि र जलस्रोतमा धनी यो प्रदेशमा १३ वटा जिल्ला समेटिएका छन् । यो प्रदेशमा हिमाल, पहाड र तराईको भूभाग समेटिएको छ ।

देशकै राजधानी काठमाडौंदेखि तेस्रो पर्यटकीय गन्तव्य चितवनसँगै हिमाली जिल्ला रसुवा, दोलखा र सिन्धुपाल्चोक पनि यही प्रदेशमा समेटिएका छन् ।

यो प्रदेशमा रहेका प्रशस्तै सम्भावनालाई व्यवहारमा उतार्ने प्रतिबद्धताका साथ विभिन्न राजनीतिक दलका उम्मेदवारहरु आसन्न निर्वाचनमा मत माग्न गाउँ÷शहरमा पुगी रहेका छन् ।

दुई चरणको निर्वाचनमा समेटिएको यो प्रदेशमा निर्वाचनको दिन नजिकिएसँगै वातावरण रोचक बन्दै गएको छ ।

यो प्रदेशमा पर्ने काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोकमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ भने नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा पहिलो चरणमा मंसिर १० गते नै निर्वाचन हुनेछ ।

प्रदेश ३ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि ३३ र प्रदेश सभातर्फ ६६ गरी कुल ९९ जना सदस्य निर्वाचित हुनेछन् । यो प्रदेशमा करिब ३० लाख ७४ मतदाता निर्वाचनमा सहभागी हुँदै छन् ।

प्रमुख दलका प्रमुख नेताहरु नै प्रदेश नम्बर ३ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएकाले यस प्रदेशमा चुनावी माहोलनमा रौनकता थपिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल चितवन–३, माओवादीकै अग्नि सापकोटा सिन्धुपाल्चोक–१, कांग्रेसका प्रकाशमान सिंह काठमाडौं–१, गगनकुमार थापा काठमाडौं–४, नेकपा एमालेका वरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं–२, एमाले महासचिव काठमाडौं–५ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर–१, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोक–२, राप्रपा (प्रजातान्त्रिक) कै उपाध्यक्ष विक्रम पाण्डे चितवन–३ बाट प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै नवगठीत पार्टी विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र सहसंयोजक उज्वल थापा काठमाडौं ५ बाट प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै प्रदेश सभाको मूख्य मन्त्री को बन्ला भन्ने चर्चा पनि बढेको छ ।

काँग्रेसबाट सर्वोत्तम डंगोल, रमेश धमला, जितनारायण श्रेष्ठलाई मूख्य मन्त्रीको दावेदारको रुपमा हेरिएको छ भने नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डे, शेरबहादुर तामाङलाई दावेदारको रुपमा हेरिएको छ ।

यस प्रदेशमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मूख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस