Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


दिगो विकास लक्ष्य हासिल गर्न समन्वय आवश्यक


0
Shares

सन् २०३० सम्म विश्वबाट सबै प्रकारका गरिबी उन्मूलन गरी आर्थिक समृद्धि गर्ने महत्वकांक्षा बोकेको सो लक्ष्यलाई सन् २०१५ मा सम्पन्न राष्ट्र संघीय साधारणसभाले पारित गरेको थियो ।

सन् २०१६ बाट कार्यान्वयनमा आएको सो लक्ष्यअन्तर्गत १७ प्रमुख बुँदा रहेका छन् ।

राष्ट्र संघीय विकास कार्यक्रम र नेपालस्थित गणतन्त्र कोरिया दूतावासद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘दिगो विकासका लागि निजी क्षेत्रको भूमिका’ विषयक गोष्ठीका सहभागीले गरिबी निवारणका लागि निजी क्षेत्रको भूमिका अहं हुने हुँदा लगानीमैत्री वातावरण आवश्यक पर्ने सुझाव दिए ।

कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना भए पनि सम्भावनाअनुसारका लगानी नभएको भन्दै सहभागीले ती क्षेत्रमा थप विदेशी लगानी भित्र्याउन आवश्यक भएकोमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सरकारले आफ्ना नीति, योजना तथा कार्यक्रमलाई सोहीबमोजिम बनाएको जानकारी दिए ।

उनले पछिल्लो समय नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गरेको चर्चा गर्दै ठूला विकास योजनामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न सरकारले सहजीकरण गर्र्दै आएको बताए ।

उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडाले युवा वर्गलाई स्वदेशमा नै आफ्नो ज्ञान, सीपको उपयोग गर्ने वातावरण तयार गर्न सरकारले प्राथमिकता दिएको बताए ।

ग्लोबल कम्प्याक्ट नेपालका उपाध्यक्ष प्रदीप वैद्यले दिगो विकास लक्ष्य हासिल गर्न सार्वजनिक निजी क्षेत्रबीच समन्वयको खाँचो औल्याए ।

गणतन्त्र कोरियाका नेपालस्थित राजदूत पार्क योङ सिकले नेपालले कृषि, पर्यटन र जलस्रोतलाई बढी उपयोग गर्नसके दिगो विकास लक्ष्य हासिल गर्न सजिलो हुने बताए ।

राष्ट्र संघीय विकास कार्यक्रमका देशीय निर्देशक भ्यालरी जुलीयाडले दिगो विकास लक्ष्य हासिल गर्न आर्थिक समृद्धिमा ध्यान दिन सुझाव दिए । रासस