Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


काठमाडौं ६ मा भीमसेनदास र झक्कुबीच टक्कर, घरदैलोमा राष्ट्रकविको मुस्कान (भिडियो)


0
Shares

मंसिरको कठ्याङ्ग्रीदो जाडो । तर, यसको कुनै प्रभाव छैन उम्मेद्वारहरुलाई । उनीहरुलाई चुनावको चटारो छ यतिबेला ।

बिहानै जुरुक्कै उठेर उनीहरु मतदाताकोमा पुग्छन् र अनेक बाचासहित मतदातालाई आकर्षित गर्ने प्रयास गर्दछन् । अहिले काठमाडौ क्षेत्र नम्बर –६ को माहोल पनि ठ्याक्कै त्यस्तै छ ।

मौसम चिसो भए पनि नजिकिदो चुनावले माहोल निकै तताएको छ । काठमाडौं क्षेत्र नम्बर–६ का दुबै प्रतिस्पर्धी यतिबेला घरदैलोमै छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार रक्षा मन्त्रीसमेत रहेका भीमसेनदास प्रधान विकासे नारा लिएर जनताको घरदैमा पुगिरहेका छन् । खानेपानी, शिक्षा, स्वास्थ्य र बाटोलाई कांग्रेसले प्राथमिकतमा राखेको छ ।

यता बाम गठबन्धनका उम्मेद्वार माओवादी नेता झक्कु सुवेदीले सैद्धान्तिक बहस र बिचारलाई जित्ने बलियो आधार बनाएका छन् ।

प्रदुषणमुक्त स्मार्ट सीटीको कल्पना बामगठबन्धनका उम्मेद्वारहरुको साँझा मुद्धा हो ।

चुनावी प्रचारमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरमा भेटिएका सुवेदीले मुलुकको स्थायी शान्ति, संविधान कार्यान्वयन र विकासका मुद्दालाई पनि उत्तिकै प्राथमिकतामा राखेको बताए ।

त्यसो त मतदाताहरु पनि अहिले घरघरमै पुगेका उम्मेदवारसँग अन्तक्र्रिया गर्न पाउँदा निकै खुशी देखिन्छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि उम्मेद्वाहरुलाई आफ्नो घरदैलोमा स्वागत गर्न पाउँदा निकै उत्साहित भेटिए ।

चुनाव राष्ट्रको विकासको लागि हुनु पर्ने भएकोले त्यसै अनुसार चुनावी माहोल बनाउन उनको सुझाव छ ।

प्रतिनिधि सभाका उम्मेद्वाहरु मात्र हैन प्रदेश सभाका उम्मेद्वाहरु पनि चुनावी प्रचारप्रसारमा उतिकै सरीक छन् ।

निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ का प्रतिष्पर्धीहरु लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार न्हुछेनारायण मानन्धर र बाम गठबन्धनका केशव स्थापितले पनि आफ्नै जीत हुने दावी गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर–६ मा पनि अन्यत्रको जस्तै बाम र लोकतान्त्रिक गठबन्धनबीचमै कडा टक्कर हुने देखिन्छ । जसको फैसला मतदाताले मंसिर २१ गते गर्नेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस