
‘जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल’ले आगामी मंसिर ९ र १० गते काठमाडौंमा आयोजना गर्न लागेको सम्मेलनमा २२ देशका ५५० जना चिकित्सक सहभागि हुने आयोजकले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सात वर्षपछि नेपालमा हुन लागेका सम्मेलनमा विभिन्न देशको स्वास्थ्य अवस्था, उपचार बिधिबारे छलफल हुने जानकारी दिइएको छ ।
सम्मेलन आयोजक समितिको अध्यक्ष डा.प्रतापनारायण प्रसादले गुणस्तरीय उपचार प्रदान गर्न यस सम्मेलनले धेरै मद्दत पुर्याउने बताए ।
प्रतिक्रिया दिनुहोस्