
एदमावा जिल्लास्थित मुबि सहरको एक मस्जिदमा नमाज पढिरहेको मानिसहरुको भिडमा बिहानीको समयमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
एकजना प्रत्यक्षदर्शी अबुबकार सुलेले एएफपि समाचार संस्थालाई बताएअनुसार आत्मघाती विस्फोट गराउने मन्डलीमा नमाज पढिरहेका मध्ये एकजना थिए । अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन् । तर, उत्तरी नाइजेरियामा इश्लामिक आतंकवादि संगठन बोकोहरामको आक्रमणमा सर्वसाधारण पर्ने गरेका छन् ।
८ वर्षको अन्तरालमा बोकोहरामको आक्रमणमा करिव २० हजार नाइजेरियालीको ज्यान गइसकेको छ । बीबीसी पत्रकार इशाक खालिदका अनुसार अत्याधुनिक सैन्य क्षेत्रबाहेक उत्तर–पूर्वी नाइजेरियामा बोकोहरामले आत्मघाती विस्फोटको संख्या बढाएका छन् । ।
गत डिसेम्बरमा एजना महिलाले आत्मघाती विस्फोट गराउँदा ४५ जनाको ज्यान गएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्