
पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन् । पछिल्लो समय शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन विशेष सक्रिय हुँदै आएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन् । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन् । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्