Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


सकेटबम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ


0
Shares

धादिङ, थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा विथोल्ने उद्देश्यले सकेटबम बनाउन लागिरहेको भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक राबहादुर केसीले जानकारी दिए ।

वाम गठबन्धनको संयुक्तसभा क्षेत्रनजिकैबाट नेत्रविक्रम चन्दका कार्यकर्ता थाक्रे गाउँपालिका–७ निवासी ३७ वर्षीय कृष्ण खतिवडालाई गिरफ्तार गरिएको हो ।

बम विस्फोट गराउन योजना गरिएको जुंगेखोलामा वाम गठबन्धनका तर्फबाट राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मरकट्टेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उम्मेदवार र चुनावीसभालाई विशेष सुरक्षा योजनाअन्तर्गत् सुरक्षाकर्मी परिचालन गरी सुरक्षा दिने प्रबन्ध मिलाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।

धादिङ जिल्लामा यसअघि चन्दका पाँच कार्यकर्तालाई चुनावी सुरक्षाअन्तर्गत् पक्राउ गरी प्रहरी हिरासतमा लिइएको थियो । रासस