
योसँगसँगै चुनावी प्रचार सामग्री बनाउने व्यवसायीलाई भने चटारोले चेपेको छ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी सामग्री बनाउन राजधानी काठमाडौंदेखि जिल्ला–जिल्लासम्मका व्यापारीलाई धपेडी बढेको हो ।
चुनावको दिन जतिजति नजिकिँदै छ, त्यति नै कलाकार र व्यापारीलाई सामग्री बनाउने चटारोले चेप्दैछ ।
उम्मेदवारहरुलाई घरदैलोका साथ समयमै निर्वाचन प्रचार सामग्री छाप्न र मतदातासम्म पुर्याउन समयको चाप बढेको छ । प्रचार सामग्री बनाउने जिम्मा लिएकाहरु समयमै काम सक्न दिनरात खटिएका छन् ।
काठमाडौंको बागबजारलगायत क्षेत्रमा विभिन्न दलका झन्डा बनाउन र प्रचार सामग्री छाप्ने काममा लागेकाहरुलाई बोल्नेसम्म फुर्सद पनि छैन ।
अरु समयभन्दा बढी काम भएकाले अहिले फुर्सद निकाल्नै गाह्रो परेको व्यापारीहरु बताउँछन् ।
स्थानीय तहको चुनावमा चुनाव चिह्नअंकित टी–सर्ट, टोपी, ब्याचजस्ता सामग्री बनाइएपनि यसपटक निर्वाचन आचारसंहिताले त्यस्ता सामान बनाउन रोकेपछि झन्डाको माग बढी छ ।
विशेषगरी नेपाली कांग्रेस र वाम गठबन्धनबाट बढी काम आएको र माग पूरा गर्न चौबीसै घन्टा काममा खट्नुपरेको उनीहरु बताउँछन् ।
एकातिर प्रचार सामग्री बनाउन भ्याइ–नभ्याइ भइरहँदा अर्कातर्फ भने निर्वाचन आयोगले नगर्न भनेका काम पनि दल र उम्मेदवारहरुबाट भइरहेको छ ।
आचारसंहिताविपरीत ठहरिने राजनीतिक दलको चुनाव चिह्नअंकित तुलहरु सहरका जताततै टाँगिएका छन् ।
अयोगले यस्ता सामग्री झुड्याउन नपाउने बताएपनि यसको पर्वाह कसैले गरेको देखिन्न ।
प्रतिक्रिया दिनुहोस्