जिल्ला प्रशासन कार्यालय लमजुङमा बुधबार सुरक्षा निकाय, राजनीतिक दल, उद्योग वाणिज्य संघ र यातायात व्यवसायीबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दिउँसो ३ बजेपछि मनाङ जाने गाडीलाई लमजुङको बेसीसहरमै रोक्ने निर्णय गरेको हो ।
बेसीसहरमा रहेका होटल तथा लजहरुमा बस्ने सेवाग्राहीका परिचयसहितको लगत राख्ने र मौनअवधिदेखि मतदान हुने दिनसम्म जिल्लाभर मदिरा बिक्री–वितरण र सेवनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी युवराम मैनालीले जानकारी दिए ।
यहाँ पहिलो चरणमा मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।




प्रतिक्रिया दिनुहोस्