Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेसको पालामा देशका ३८ ओटा उद्योग कौडीको भाउमा बेचियो : ओली


0
Shares

बुधबार बुटवलमा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले देशमा लामो समय नेपाली कांग्रेसले सत्ता सन्चालन गरेको र उसकै पालामा देशका ३८ ओटा उद्योगधन्दा कौडीको भाउमा बेचिएको आरोप लगाए ।

कांग्रेसले वाम गठबन्धनलाई ‘लोकतन्त्रविरोधी’को आरोप लगाएको सन्दर्भमा अध्यक्ष ओलीले वामपन्थीहरुले कसैबाट लोकतन्त्रको प्रमाणपत्र लिनु जरुरी नभएको बताए ।

चुनावीसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा, एमाले उपमहासचिव विष्णु पौडेल, अर्का उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसाल, माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नम्बर–५ का उम्मेदवार डिलाराम आचार्यलगायतले बोलेका थिए ।