११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


दाङमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु


0
Shares

बुधबार बेलुकी साढे ६ बजेतिर घोराही उपमहानगरपालिका–११ खैरामा रा१ख १३५२ नम्बरको टिप्परले ठक्कर दिँदा पैदलयात्री घोराही उपमहानगरपालिका–१० का ३५ वर्षीय रञ्जीत सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दाङको दंगिशरण गाउँपालिका–६ कमलगढीमा अटोरिक्सा अनियन्त्रित भइ पल्टँदा एकजनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट श्रीगाँउतर्फ जाँदै गरेको ना२स ६०५० नम्बरको अटोरिक्सा बुधबार दिउँसो अनियन्त्रित भइ पल्टँदा त्यसमा सवार दंगिशरण गाउँपालिका–६ का ३६ वर्षीय सञ्जयविक्रम नेपालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।