Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेप्से ८ अंकले उकालो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंकले उकालो लागेर १४ सय ८० पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे ।

अन्य र वित्त झिनो अंकले रातो रहेबाहेक अरु सकारात्मक रहेका हुन् । बिमा समूहमा सबैभन्दा उच्च ५५ अंकको वृद्धि आयो ।

होटल समूह पनि ३५ अंकले र जलविद्युत् समूह २० अंकले उकालो लाग्यो । वाणिज्य बैंक, विकास बैंक र लघुवित्त समूह सामान्य अंकले सकारात्मक रहे । व्यापार समूह भने स्थीर रह्यो ।

यसदिन कारोबार भने पछिल्ला दिनका औसत कारोबारका तुलनामा खुम्चियो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका ९ लाख ३१ हजार कित्ता सेयर जम्मा ३५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।