मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधबार र शनिबार अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निगमले जनाएको हो ।
४० मिनेटको उडानपछि विमान मेघौली पुग्नेछ । हाललाई निगमले मेघौलीका लागि एकजनाको एकतर्फी भाडा ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, ताप्लेजुङको सुकेटारमा पनि निगमले मंसिर १३ देखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ ।
सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौंबाट उडान गर्ने निगमको तालिका छ ।
सुकेटारका लागि निगमले एकजनाको एकतर्फी भाडा ५ हजार ४०५ रुपैयाँ कायम गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्