Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


भ्रष्टाचार निर्मुल, कालोधनको समाधान र जलविद्युत्को विकासमा जोड


0
Shares

नेपाली कांगे्रसले बुधबार राजधानीमा आफ्नो घोषणापत्रका विषयमा अर्थविद् र सरोकारवालाहरुसँग गरेको अन्तरक्रियामा सहभागी अर्थविद्हरुले उक्त सुझाव दिएका हुन् ।

आगामी दिनमा नेपालले ३२ लाख पर्यटक भित्र्याएर ३५ लाखको रोजगारी सिर्जना गर्नसक्ने नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठले उल्लेख गरे ।

पशुपति क्षेत्रलाई धार्मिक नभइ पर्यटकीय क्षेत्रकोरुपमा चिनाए पर्यटकको वृद्धिमा सहयोग पुग्ने श्रेष्ठको भनाइ छ ।

नेपालले भष्टाचार निर्मुल र कालोधनको समस्या समाधान गर्नसकेमात्र पनि अर्थतन्त्रमा उल्लेख्य उपलब्धि हासिल हुनेमा अर्थविद्हरुले जोड दिए ।

विप्रेषणले धानेको नेपाली अर्थतन्त्रमा जलविद्युत्को उत्पादनमा वृद्धि ल्याउनसके नेपालको आर्थिक विकासले काँचुली फेर्ने अर्थविद्हरुको भनाइ छ ।