
विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
सो कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट एक सय १८ पुरुष र ११ महिला गरी एक सय २९ जनालाई नियन्त्रणमा लिइएको छ ।
यस्तै ललितपुर जिल्लाबाट ५ पुरुष र एक महिला गरी ६ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरबाट भने जम्मा ४ जनालाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।
मंगलबार भने यसरी पक्राउ गरिएकाको संख्या ९५ मात्र थियो ।
प्रतिक्रिया दिनुहोस्