Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सिन्धुलीमाडी-खुर्कोट सडकखण्डमा ट्रक सञ्चालन गर्न दिन माग गर्दै आन्दोलन


0
Shares

यातायात व्यवस्था विभागले वीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट सडकखण्डमा ट्रक सञ्चालन गर्न दिएको अनुमतिपत्र खारेज गरेको विरोधमा व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

उनीहरुले विभागले दिएको अनुमतिपत्रलाई कायम राख्न माग गर्दै तीन दिनदेखि ढुवानी ठप्प पारेका छन् ।

सिन्धुली ट्रक व्यवसायी संघले यातायात व्यवस्था विभागको विरोधमा सिन्धुलीमाडी बजारमा ट्रक र्‍यालीसमेत गरेको छ ।

ढुवानीको काम ठप्प पारेर व्यवसायीहरुले स्थानीय लोकतान्त्रिक चौरमा ट्रक पार्किङ गरी राखेका छन् ।