२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ


0
Shares

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् ।